काठमाडौँ । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि दस्तुर सहित आवेदन दिएका तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता गरिने जनाएको हो ।रिडी पावरको हकप्रदमा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्रीमा आएको थियो।