काठमाडौं। विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् ।
धानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयमा प्रा.ड.ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.बिजुकुमार थपलियालाई नियुक्त गरेमने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् ।
सरकारले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो ।
छनोट तथा सिफारिस समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो ।