साँहुको भारी बोक्ने मेरा ‘बा’ ।। रिक्सा चलाउने मेरा ‘बा’ ।। खेती गर्थे मेरा ‘बा’
तर,
मेरा बालाई कहिले मजदुर दिवस आएन ।।।
बिडम्बना, मज्दुर दिवस भनेको के हो ? भनेर थाहा नपाउँदै उनी यो संसारबाट बिदा भए ।
बिहानै उठेर खाटमा हेरे बाबालाई देखिन
मैले आमालाई सोधे, खोई त हाम्रा बा ?
अनि आमाले पनि मलिन स्वरमा जवाफ दिनु भयो
तेरा बा बिहानै खेतमा गै सक्नु भो । अनि भने आज पनि खेतमा
किन आज के हो र ?
आज मज्दुर दिवस रे क्या आमा
केहो यो मज्दुर दिवस भन्या फेरि ?
आज सरकारले मजदुरलाई देको छुट्टी के आमा ।
जुन सुकै दिवस होस हाम्रो बाली नाली नस्ट हुदा सरकार ले क्षती दिने होइन ।
नत आज बडि काम गरिस भनेर तलब नै दिन्छ ।सरकारसँग न लिनु न दिनु
अनि छुट्टी चि किन लिनु हाम्ले, हमिलाइ छुटी दिने र खटाउने त माथि छन
तिनकै दयामा समयमा पानी परे मात्रै अन्न फल्छ यहाँ
बाली नस्ट नगरे बर्ष भरी खान पाइन्छ ।
बाबै हामी किसान प्रकृति को इसारा मा चल्छौ सरकार को होइन ।
म बस मौन बसे र आमालाई हेरि रहे ।
दिउँसो बाहिर पख निस्के भुडे साउ को हलि खेत जोत्दै थियो ।
कमली घट्ट जाँदै थि । साइली सधै झै चोक मा मकै पोल्दै थि । घर बनाउने ज्यामी ब्यस्त थिए ।
गलैचा को एक थान लेर कारखाना को मज्दुर धुन जाँदैथे । ड्राइभर देखि लिएर रिक्सा चालक सम्म ब्यस्थ थिए ।
अनि बल्ल था पाए ।
यही रहेछ प्रजातान्त्र ,गणतन्त्र जसतै जहाँ मजदुर दिवस पनि वास्तविक मजदुरलाई होइन
नेताहरु आफै मिलेर मनाउँने रहेछन ।
साहुको भारी बोक्ने मेरा बा ।।। रिक्सा चलाउने मेरा बा ।। खेती गर्थे मेरा बा तर ।।।।
मेरा बा लाई कहिले मज्दुर दिवस आएन ।।। मज्दुर दिवस भनेको के हो ?
भनेर थाहा नपाउदै उनी यो सन्सारबाट बिदा भए ।
लेखक : सरु काली