काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीको १ करोड ४५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।