काठमाडौं । पूर्वगभर्नर तिलक रावलले रुस र युक्रेनको युद्धको असर नेपालको अर्थतन्त्रमा परेको बताएका छन् । उनले रुस र युक्रेनको युद्धको असर नेपालको अर्थतन्त्रमा र उपभोक्तमा परेको भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए ।

पूर्वगभर्नर रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक भएको भन्दै त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने बताए ।

ब्याजमा कर लाउँदा बजारमा तरलता अभाव भएको उनले बताए । मर्जर र एफपीओमा कर लगाउँदा असर देखिने उनले भनाइ थियो । महालेखाले कर लगाउन भनेको भनेर कर लगाए पनि निकै उच्चस्तरीय अध्ययन समितिले अनुसन्धान गर्नुपर्ने उनले बताए ।

पूर्वगभर्नर रावलले अहिलेका अर्थमन्त्रीले यसअघिका सबै अर्थमन्त्रीलाई माथ खुवाउने गरि कर लगाउन थालेको आरोप लगाए ।