काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । सानो र ठूलो समस्या जताततै देखिन थालेसँगै सरोकारवालाहरुले नेपालले विदेशमा भुक्तानी गर्नुपर्ने रकम अलपत्र परेकाले नै यस्तो अवस्था सिर्जना भएको बताएका हुन् ।
आर्थिक भ्वाईससँगको कुराकानीमा एक सेवा प्रदायकले मन्त्रालय स्तरबाटै बेलैमा चासो दिएर नागरिकलाई चाहिने अत्यावश्यक सेवाको बारेमा ठोस कदम चाल्नु पर्ने जानकारी दिएका छन् । ती सेवा प्रदायकले विदेशी इन्टरनेट सेवा प्रदायकहरुलाई विदेशीलाई तिर्नुपर्ने रकम तिर्न नसक्दा देशभरकै इन्टरनेट सेवा उच्च जोखिममा परेको बताए ।
इन्टरनेट सेवामा भएको अकल्पनिय क्षतिले धेरै सर्वसाधारणहरुले अनेकौ किसिमका सास्ती व्यहोर्नु परेको अवस्था छ । अहिले भने विगत ७ घण्टादेखि समस्या आएको इन्टनेट सेवा केही सुस्त गतिमा चल्न थालेको अवस्था छ ।