काठमाडौँ । वैशाख २३ गते अर्थात् आजदेखि १ सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रकाशन गरेको सूचना अनुसार प्राधिकरणको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेकाले वैशाख २८ गतेसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
आज पहिलो दिन गोठाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । फोर्स बसपार्कदेखि तेजविनायक सम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।