काठमाडौं । सातको पहिलो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २४.५८ अंकले घटेर १९७४ को विन्दुमा कायम हुन पुगेको छ ।

आइतबार ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

साताको पहिलो कारोबारको दिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको २.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ६४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको हो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ११ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, हिमालयन डिष्टलरी, पोखरा फाइनान्स, आइएमई लाइफ, शाईन शेसङ्गा, आरएसडिसी, फष्ट माईक्रोफाइनान्स, गोखार्ज फाइनान्स, प्राईम कर्मशीयल बैंकको प्रमोटर शेयर सर्वाधिक कारोबार भएको छ।