काठमाडौं । साताको दोस्रो कारोबारका दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार बजार १५.६२ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।
सोमबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.९६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१६ प्रतिशत, हाइड्रोपावर समूहको ०.४४ प्रतिशतले शेयर मूल्य घटेको हो ।
बजारमा गिरावट आउदा सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ९८ लाख ३० हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै कारोबारको आधारमा १० करोड ८१ लाख ६६ हजार रुपैयाँ बराबरको सहित नेपाल फाइनान्स दोस्रो स्थानमा रहेको छ । उक्त दिन पोखरा फाइनान्सको ९ करोड ८० लाख १२ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख ४३ हजार रुपैयाँ र गरर्खाज फाइनान्सको ६ करोड ३६ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।