काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्री गरेको ऋणपत्र जेठ ३२ गते बाँडफाँड गरेको हो ।
बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी ३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको छ ।
साथै व्यक्तिगत तवरबाट दरखास्त दिने आँशिक बाँडफाँडमा परेका आवेदकहरुको फिर्ता भुक्तानी रकम असार ४ गतेबाट आइपिएस मार्फत फिर्ता भुक्तानी गरिने समेत बैँकले जनाएको छ ।