काठमडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिएका छन्।

अध्यक्ष ढकालले बिहीबार नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रि-बजेट छलफलमा लगानी सम्मेलनका प्रतिबद्धता बजेटले पूरा गर्नुपर्ने बताएका हुन् ।

बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको ढकालको भनाई छ । । उनले बजेट र मौद्रिक नीतिबिच तादात्म्य मिलाउन सुझाव दिए । कम्तीमा एक सय रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउन समेत उनले सुझाव दिएका छन् ।