काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छ जना कार्यकारी निर्देशकको जिम्मेवारीमा हेरफेर गरेका छन्।
वैशाख २८ गते शुक्रवारका दिनदेखि लागु हुनेगरि उक्त सरुवाबारे आज जानकारी दिइएको छ । जसअनुसार देवकुमार ढकाललाई वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।
उनी बैंक सुपरिवेक्षण विभागमा कार्यरत छन् । कर्मचारीको प्रशासन हेर्ने मानव संसाधन विभागका मुकुन्दकुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा, सूचना प्रविधिका नरेश शाक्यलाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ ।
त्यस्तै रेवती प्रसाद नेपाललाई आन्तरिक लेखा परीक्षण विभागमा लगिएको छ । उनी आजसम्म लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।
वित्त व्यवस्थापन विभागका रामु पौडेललाई बैंक सुपरिवेक्षण र आन्तरिक लेखा परीक्षण विभागका विमलराज खनाललाई लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ।