काठमाण्डौ। माछापुच्छ्रे बैंकको धादिङ जिल्लास्थित सिम्ले शाखाले धादिङ वेशी नगरपालिका वडा नं.६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थानकलर प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठन–पाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघ संस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ।