काठमाण्डौ । नागरिक लगानी कोष सीआईटीले चालु आर्थिक वर्ष २०८०.८१ को तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांकमा देखिन्छ । सो रकम गत आवको सोहि अवधिको तुलनामा १३.४३ प्रतिशतले बढी हो भने अघिल्लो आवको तेस्रो त्रैमाससम्म कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ भएको थियो।

कोषले १ अर्ब ४१ करोड २५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब २५ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।

कोषले आर्जन गरेको कुल आम्दानीमा ३५ करोड ३२ लाख ब्याज आम्दानी, १ अर्ब ४ करोड सेवा शुल्क तथा कमिसन आम्दानी र १ करोड ७४ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । कोषको कुल खर्च अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ७.४० प्रतिशतले बढेको छ । कोषको कुल खर्च २३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

कोषले २३ खर्ब ६८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब २६,नेपाल सरकारको ऋणपत्रमा ५० करोड,समयकालिन कर्जामा २५ अर्ब ५४ करोड,संगठित संस्थाको सेयरमा ३० अर्ब ९३ करोड र सहायक कम्पनीमा २ अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौजदात ४ अर्ब ४७ करोड र चालु सम्पत्ति १७ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार २५ अर्ब ५० करोड रुपैयाँबराबर रहेको छ ।

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २४.४० रुपैयाँबाट घटेर २२.१४ रुपैयाँमा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १७१.४४ रुपैयाँ र लगानी प्रतिफल ८.४९ प्रतिशत कायम भएको छ ।