काठमाडौं । बानेश्वरस्थित भिमसेन गोला ३१ नम्बर वडाका स्थायी बासिन्दा हुन् वेलकम एडभटाईजिङका अध्यक्ष निर्मलराज पौडेल । दुईपल्ट मृत्युको मुख देखेर फर्किएको बताउने पौडेललाई हाँस्यकलाकार, प्यारोडी गायक, तबलावादक, व्यापारी, फेन्सी व्यवसायी, जग्गा कारोबारी, सवारी साधन व्यवसायी, सहकारी संचालक, सामाजिक अभियान्ता लगायत विभिन्न परिचयबाट चिन्न सकिन्छ । यद्यपी उनले आफ्नो जीवनको निकै लामो समय विज्ञापन व्यवसायमा नै सुम्पेका छन् ।

आज आर्थिक भ्वाईसले उनै पौडेलसँग विविध विषयहरुमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ आर्थिक भ्वाईसकर्मी विजय फूँयालनबिन पोखरेलले बहुमुखी प्रतिभाका धनी पौडेलसँग गरेको कुराकानी ।

तपाई कुनकुन क्षेत्रमा आवद्ध हुनुभयो ?
म धेरै क्षेत्रमा आवद्ध भएको छु । यही काठमाडौं आजभन्दा पाँच दशक अगाडी निकै फरक रहेको थियो । रुकुम, रोल्पा जस्तो काठमाडौं पनि हामीले देख्ने मौका पायौं । यहाँ कोदो, सखरखण्डाहरु फल्थे, ढिकी, जाँतोहरुको निकै प्रयोग हुने गथ्र्यो । दशैको एक महिना अघिदेखि ढिकीमा मानिसहरु आउँथे । अँजुलीमा बागमतीको पानी खाएको पनि अनुभव छ । त्यस्तो बेलामा हातमा अस्ला माछाहरु आउँने गरेको पनि मलाई याद छ । हामी खेल्न जाने ठाउँ एयरर्पोट थियो । हामी काठमाडौंकै बासिन्दा भएकाले पनि होला मलाई सानैदेखि यहाँ जागिर खान मन लागेन । हुन त मेरा दाजुहरुले चाही जागिर खानु भएको हो । मैले व्यापार, व्यवसाय जस्ता प्रकृतिका कामहरुमा बढी रुची देखाए । मैले आफूलाई एउटा स्विच कस्न नआउँने बेलामै बिजुलीको ठेक्का लिने गर्थे । मैले ६,७ कक्षाबाट आफ्नो पकेट खर्च आफै निकालेको हो । १२ वर्षको उमेरमा गाडी चलाउँथे । हामी मध्यम वर्गकै परिवारको भए पनि मैले गाडी चलाउँन चाडै सिकेको थिए । म सम्झन्छु यो टोलमा सबैभन्दा पहिले मोटर साइकल चढ्ने पनि हामी नै हो भने पहिलो मोटरगाडी चढ्ने पनि हामी नै हो । त्यो पनि हामीले सम्पन्न परिवार भएकाले भन्दा पनि मध्यम वर्गिय परिवार भए पनि मोटर चढ्न सफल भएका थियौं । म एभरेजको विद्यार्थी हो । रमाईलो गर्नेमा बढी ध्यान जाने गथ्र्यो । मैले एसएलसी परिक्षा दुईपटक दिएको थिए । मेरो दुई वर्ष परिक्षा बिग्रीए पनि मैले तेस्रो पटकमा १ सय १४ जनाले परिक्षा दिँदा म एक जना मात्र पास भएको थिए । बोर्ड फस्र्टको भन्दा धेरै मलाई सम्मान गरेर अविर जात्रा समेत गरिएको थियो ।

कम नम्बर आउँदा आत्मबल घटाउँने विद्यार्थीहरुको संख्या बढेको छ नि । के भन्न चाहानु हुन्छ ?
पढाईको महत्व धेरै छ तर हामीले एक पटक बिग्रीदा पढ्न छाड्ने होइन झन पढ्ने गर्नुपर्छ । अहिले घोडाको टाप जसरी पढ्ने मात्रै विद्यार्थीहरुले पनि समाजमा विभिन्न किसिमका समस्याहरु झेल्नु परेको अवस्था छ । जो मान्छले पढाईको सँगसँगै अन्य क्षेत्रको पनि थोर बहुत ज्ञान राख्छ त्यस्ता व्यक्तीहरु नै समाजमा निकै अगाडी पुगेको उदाहरणहरु हामीले प्रशस्त पाउँछौ । यसबाट मैले भन्न खोजेको कुरा के हो भने पढ्नलाई आफूले सक्दो मेहनत गर्नु पर्छ तर पढाईमा कम नम्बर आयो भने आफ्नो मनोबल गिराईहाल्नु हुन्न भन्ने हो । व्यक्तीले जीवनमा गर्न सक्ने काम निकै धेरै रहेका छन् । अहिलेका मोवाइल तथा कृतिम वस्तुहरुले पनि मानिसहरुलाई प्रकृतीसँग रम्नबाट निकै पर राखेको अवस्था छ । मैले त्यो जमानामा पुराना गाडी ल्याएर पेन्ट गरेर, मर्मत गरेर बिक्री गर्ने गरेको थिए । आफ्नो कमाई आफैले खानुपर्छ भन्ने मलाई म निकै सानो हुँदा नै आएको सोचाई हो । नेपालमा भर्खर भर्खर किबोर्ड आएको बेलामा मैले किर्बोड किनेको थिए । त्यो किबोर्ड अहिले पनि मैले सजाएर राखेको छु । मैले कुखुरा पनि पालेको थिए । घरबाट त्यति धेरै सर्पोट गर्नु भएको थिएन । अझ मैले गार्मेट उद्योगमा पनि हात हालेको थिए । यसरी हेर्नु हुन्छ भने मैले नगरेको भनेको केही पनि भएन । बिक्रम ट्याम्पु पनि राखेको थिए । त्यस्तै, फेन्सी पसल पनि खोलेको थिए । त्यति बेलामा एक लाख रुपैयाँमा एक रोपनी जग्गा आउँने बेलामा मैले खोलेको फेन्सीमा दिनमा ५५ हजारसम्मको बिक्री हुन्थ्यो । त्यसभन्दा पछाडी म कलाकारीतामा लागे । रतन सुवेदीसँग मैले प्यारोडी गाना गाउँथे । त्यही क्रममा मेरो धेरै आरोह-अवरोह पनि भए । एकदिन एकजना मित्रले मेरो पसलमा आएर विज्ञापन बनाउन लगाउनु भएको थियो । वि गो वासिङ्ग पाउडरको विज्ञापन बनाउँदा मोडेलको रुपमा म आफै बसेको थिए । त्यसमा रेखा शाही नायिकाले समेत अभिनय गर्नु भएको छ । उहाँले श्री कृष्ण श्रेष्ठसँगको शनिबारको दिन बिहानीपख भन्ने गितमा पनि अभिनय गर्नु भएको थियो । त्योभन्दा पछी ह्यास्सो फोनको विज्ञापन बनाए । नायक सुधाम्सु जोशीले त्यसमा अभिनय गर्नु भएको छ । मैले धेरै विज्ञापन बनाउँदा मेरो आफ्नो एजेन्सी थिएन । त्यती बेलामा मलाई साथीहरुले दिनु भएको सल्लाह अनुसार नै मैले वेलकम एडभटाईजिंग एजेन्सी खोलेको हो । वेलकममा अनवरत ३४ वर्षसम्म काम गरे । अझै सक्रिय छु ।

के एकजना व्यक्तीले गरेको काम अर्को व्यक्तीले गर्न सक्छ भन्ने सामान्य मान्यतासँग कतिको सहमत हुनुहुन्छ ?
म आफै कुनै विषयमा विज्ञ होइन । म एभरेजको मान्छे हो । मेरो घरपरिवार, पढाई, काम सबै एभरेजको हो । एउटा मान्छे विभिन्न क्षेत्रमा लाग्नुको कारण उसले ठूलो जोखिम लिन नसक्नुले पनि होला । एक ठाउँबाट लड्दा सबै खत्तम हुन्छ भन्ने लागेमा कुनै पनि व्यक्तीले विभिन्न कुराहरु सिक्न सक्छ । मेरो खासियत भनेको टिभी एड र रेडीयो जिंगल बनाउने हो । मलाई एड गुरुको सम्मान पनि प्राप्त भएको छ । मैले विज्ञापन संघको अध्यक्ष बन्ने मौका पनि पाए । त्यति बेलामा मैले प्रमोसन गर्नु पर्ने वर्ग धेरै जनालाई प्रमोट पनि गर्न अग्रसर भए । हङकंगमा मलाई एड गुरुको सम्मान दिइएको हो ।
कुनै क्षेत्रमा म डुबेको पनि छैन खास भन्ने पनि छैन ।

हामीले त तपाईलाई मास्टर माइण्ड प्रकृतिको पायौ नी ?
सबै कुरा जान्न खोज्दा जीवन राम्रो इन्जोए हुने रहेछ । मैले गीत पनि निकाले । नेपालका धेरैवटा नायकहरु समावेश हुनु भएको गीत हो त्यो । मास्टरमाइण्ड भन्दा पनि धेरै कुरा जान्न खोज्ने जो कोही हरक्षेत्रमा एभरेज हुन्छन् कि जस्तो लाग्छ मलाई ।

तपाईलाई हृदयघात पनि भएको थियो रे नी ?
हो, आजभन्दा २४ वर्ष अघि हृदयघात हुँदा म आफै अस्पताल पुगेको थिए । डक्टरहरुलाई आफैले ईसीजी गर्न सल्लाह दिएर आफ्नो जीवन बचाउँन सफल भए । म दुईचोडी तिलिचो लेक पुगे । मुटुमा दुईवटा स्टयाण्ड हालेको छ । मलाई लाग्छ आत्मविश्वासकै कारण हामीले जीवनमा हासिल गर्न सकिने चिज धेरै छन् । सबैभन्दा ठूलो कुरा भनेको हामीलाई आत्मविश्वासकै जीवन बचाउन पनि सकिदो रहेछ ।

तपाईले जीवनमा जोखिम लिन्न भन्नु भएको थियो नि । ठूलो जोखिम लिनु भएको पनि सुनाउँनु भयो नी ?
मैले भन्न खोजेको डक्टरले दिएको दबाई हाम्रो हितको लागि हो । त्यो भन्दा पनि हामीले हाम्रो आफ्नो शरिरको आनिबानीलाई पनि मध्यनजर गरेर आफूलाई खान मन लागेको सादा खाना खानु पर्छ भन्ने हो । धेरै सेकुवा खाने बानी थियो त्यो छाडे । तर सामान्य खान खान छाड्नु हुन्न भन्ने झन कमजोर भइन्छ भन्ने मेरो आफ्नो अनुभव हो ।

तपाई कति वटा देश घुम्नु भयो ?
यो त मेरो सानै देखिको सौखको कुरा हो । म करिब ३२ वटा देश घुमिसके । अफ्रिकी देशहरु घुम्न बाँकी छ अन्य धेरै देश पुग्ने मौका पाएको छु ।

पुस्तक लेख्नु भएको छ, कतिको पढ्नु हुन्छ ?
म थोरै पढ्छु । सेतो बाघ पढे । मैले हिन्दी जासुरी चाही धेरै पढ्ने गर्थे । तर, म पढ्ने आदत भएको मान्छे होइन । मैले जीवनमा धेरै कुराहरु लेखेको छु । धेरै जिंगल लेखे पनि म आफूलाई कवि भन्न चाहान्न । मैले टेबुलमा बस्दा कामबाट माग भए अनुसारको लेख लेखेको हो । यो जागिर खान लेखिएका लेखहरु हुन जस्तो लाग्छ ।

नेपाली विज्ञापन बजारको अवस्था कस्तो छ ?
अहिले धेरै जना नागरिकहरु बाहिर जाँदा त्यसको असर अन्य क्षेत्रमा परेको हामीले सुन्छौ । त्यस्तै प्रत्यक्ष अप्रत्यक्ष असर विज्ञापन क्षेत्रमा पनि परेको छ ।

नयाँ युवालाई कस्तो सन्देश दिन चाहानुहुन्छ ?
अहिले बजार चाही केही खस्केको छ । तर विश्वव्यापी रुपम हेर्ने हो भने विज्ञापन पढेको व्यक्तीहरुले विदेशमा पनि राम्रो काम पाएका छन् । नेपाला केही मन्दीको कारण समस्या छ । बजार राम्रो हुँदा नेपालमा नत्र बाहिर पनि यो बिक्ने पेशा हो । मेरो छोरोले पनि बैंककमा विज्ञापन विषय अध्ययन गरिरहेको छ । सुरुमा २५ हजार भन्दा धेरै तलब र ६ अंकको तलब खान पाइने क्षेत्र विज्ञापन नै हो ।

विज्ञापन क्षेत्रमा जोडिएको रोचक घटना के छ ?
विज्ञापनकै कारण निकै पछाडी रहेको प्रोडक्टहरु निकै अगाडी आएका घटनाहरु मलाई धेरै रोचक लाग्ने गर्छ । यस्ता कन्सेप्टहरु मैले प्रशारण गर्ने मौका पाए । हामीले कसैको कपी गरेनौ । बरु धेरै स्ट्रगल गर्यौ । यही पक्ष रोचक लाग्छ । अहिले आफूले यो क्षेत्रमा लामो समय दिएछु भन्ने खाली भएको समयमा केही कृतीहरु देख्दा लाग्ने गर्छ । हुन त मैले विगतमा फिल्ममा पनि अभिनय गरे । कसम, प्रियसी, पुकार, आमाको मायामा काम गरेको छु । कसममा श्रीकृष्ण श्रेष्ठ, राजेश हमालसँग मैले मुख्य भुमिका पनि निभाएको छु । त्यही विविध क्षेत्रको ज्ञानलाई प्रस्तुत गर्ने राम्रो माध्यम एड नै बनेको छ ।

त्यसो भए एडको अपरिहार्यता पनि भन्दिनु होस् न त ?
विगतमा नेपालमा मिडीया नै निकै कम थिए । निजी क्षेत्रको मिडीयाले विज्ञापनको बजार केही बढाएको हो । हामीले एफएम आउँदा सानो सानो पसललाई पनि एडमा जोडेका थियौ । गैडा चुरोटको स्मोन्सोरमा सनि रौनियार हिरोइन राखेर तपाईको आज भन्ने राशिफल हामीले सुरु गरेका थियौ । बिस्तारै एडको बजार बढ्दै गएको हो । एफएमबाट टिभीमा एड फस्टाउँदै गएको इतिहास हामीले देख्न पायौ । विज्ञापन पापड, चामल, दालले गरेर उनीहरु पनि बिक्न थालेका थिए । सुरुमा हामीले सस्तोमा बनाएर भए पनि मानिसलाई आकर्षण दिनु पर्ने अवस्था थियो । बिस्तारै क्याम्पेन पनि गर्यो । अहिले क्रमीक बिस्तार भयो ।

बाहिर जाने यूवालाई सन्देश केही छन् की ?
यहाँ सम्भावना छ तर राजनैतीक अवस्थाले धेरैतिर जर्जर बनाएको पनि छ । उद्योगधन्दा, कलकारखाना नचलेकाले धेरे बाहिर जानु परेको हो । शिक्षाको कमी मुख्य हो । यहाँको सम्भावनालाई प्रयोग गर्न सके, बाहिर गएर आएकाहरुको ज्ञानलाई पनि प्रयोग गर्न सकेमा यही बसेर काम गर्न सकिन्छ भन्ने मेरो सन्देश हो । काम त सबैले गर्न पर्यो । काम नगरी सुधार हुँदैन । सबैले आफूले जानेको कामलाई प्रयोग गर्नु पर्यो । सरकार सुधारिनु पर्छ, अझ मुख्य कुरा भनेको शिक्षामा सुधार गर्नुपर्छ । ठोस पोलिसी,राउण्ड पोलिसीमा बसेर,पार्टी भन्दा माथी उठ्न सकेमा देशमा धेरै विकासहरु हुन्थे भन्ने लाग्छ ।