काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ३.३५ प्रतिशतले ले धेरै हो । गत वर्ष यसले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने घट्न पुगेको छ । गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले घने घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यस अवधिमा वित्तीय आम्दानी ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।