काठमाडौं । एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने छ ।
साथै मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
एनएमबि बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर प्रदान गरेको छ ।