काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने बताएका हुन् ।
‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ। बैंक तथा वित्तीय संस्था, लघुवित्त र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ’ । राष्ट्रपतिले भने
यस्तै छरिएर रहेका साना पूँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ राष्ट्रपतलिे बताए ।