काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।