काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा मापदण्डविपरित सञ्चालित ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको हो। केन्द्रले यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमति पत्र राधेराधे, ठुलोभप्याङ, चाबहिल र एकान्तकुनालाई गरेको परिपत्रमा मापदण्ड मिचेर चलाइएका सेन्टरलाई तत्काल मापदण्डमा ल्याउन भनेको छ ।

केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले सङ्घीय र प्रदेश सरकारले बनाएको निर्देशिका बमोजिम ट्रायल सेन्टर सञ्चालनको प्रबन्ध मिलाउन निर्देशन दिइएको जानकारी दिएका छन् ।

उपत्यकाभित्रका ट्रायल सेन्टरहरूले मनोमानी शुल्क लिएको, मापदण्ड पालना नगरेको र धेरै परीक्षार्थी फेल भएको उजुरी परेपछि केन्द्रबाट गठित अनुगमन टोलीले स्थलगत अनुगमनका क्रममा सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरेको फेला परेको हो ।