काठमाडौं । बैंकहरुको व्याज दर ओरालो लाग्दा त्यसको असर त्यति धेरै नपर्ने शेयर लगानीकर्ताका नेता छोटेलाल रौनियार बताउँछन् । आर्थिक भ्वाईससँगको कुराकानीमा रौनियारले मुद्धती निक्षेपमा नभई डिपोजिटमा व्याज घटनु पर्ने बताएका हुन् ।

बैशाख महिनाको अन्तिम दिनमा अधिकांश वाणिज्य बैंकहरुले यही जेठ महिनाका लागि आफ्ना नयाँ व्याज दर तोकेका छन् । सोही व्याज दरमा हेरफेर भएसँगै बैंकहरुको व्याज दरमा आएको फेरबदलले पुँजी बजारमा पार्ने असरबारे शेयर लगानीकर्ता तथा पुराना शेयर खेलाडी रौनियार केही खुलेका छन् ।

उनले डिपिजोटमा जेठ महिनाका लागि केही बैंकले व्याज दर, केहीले बढाए र केहीले विगतको समान दर राखेको भन्दै व्याज रेट घट्नु शेयर बजारको लागि पनि सकारात्मक नै कुरा रहेकोमा जोड दिए । त्यस्तै, लेन्डीगमा पनि व्याज रेट घट्नु पर्ने बताए । त्यस्तो रेट घटेमा शेयर बजारमा ठूलो प्रभाव पर्ने बताए ।

त्यस्तै, व्याज रेट मात्रै भन्दा पनि त्यसको साथ साथै अन्य धेरै फिगरहरु लगानीकर्ताहरुले हेर्न आवश्यक हुने बताएका छन् । डिपोजिट जस्टै लेन्डीङ घटेमा शेयर बजार ठाडै उकालो लाग्ने रौनियारको भनाई छ ।

उनले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका पोलिसीहरुमा तादम्यता अति आवश्यक रहेको बताउँछन् । शेयर बजारलाई अनुकुल हुने खालका पोलिसीहरुको पर्खाईमा धेरै लगानीकर्ताहरु रहेको उनले खुलासा गरेका छन् । त्यस्तै, दुई चार पोइन्ट बढ्ने र घट्ने अवस्था शेयर बजार अल्झिरहेको पनि उनको विश्लेषण छ । उनले दुई तीन दिन बढ्ने दुई तीन दिन घट्ने प्रवृत्तीले गर्दा शेयर बजार तल १९५० देखि २००० को बिचमा बजार चलिरहेको स्मरण गराएका छन् ।

तर, कमिशनमा हुने घटबढ, व्याज रेट ओभर अलमा घट्नु पर्ने, विभिन्न सूचांकमा लोभलाग्दो सुधार भए मात्रै लगानीकर्ताहरुमा आकर्षण बढ्ने शेयर लगानीकर्ताहरका नेता रौनियाको भनाई छ । पछिल्लो समय देश आर्थिक मन्दीको चक्रमा धेरथोर रुपमा फस्दा लगानीकर्ताहरुको कन्फिडेन्ट विगतको तुलनामा केही कमी भएको जताजतै चर्चा हुने गरेको छ । यस्तो बेलामा रौनियाले लगानीकर्ताहरुलाई भित्रबाटै आत्मबल बढाउँने र दीगो किसीमले आशा जगाउँने किसीमका सरकारी नीतिहरुको पनि आवश्यकता रहेकोमा जोड दिएका छन् ।