काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण भर्खर सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमास समाप्त भईसकेको अवस्थामा ढिला सुस्तीका साथ आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सो विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको देखिन्छ । त्यस्तै, अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको अवस्थ थियो ।
नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सो रकम अघिल्लो आवको तुलनामा १५.९५ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत ४० करोड ९७ लाख र ३ लाख १९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको तथ्यांकमा देखिन्छ। कम्पनीको कुल आम्दानी पनि १५.८१ प्रतिशतले खुम्चदै १ अर्ब ७३ करोडमा आइपुगेको अवस्था छ।
यता, कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ७४ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७०.७२ प्रतिशतले घट्दै १९ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको हो ।