काठमाण्डौ । भुगर्भ सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गतेका लागि साधारण सभा डाकेको हो ।
उक्त सभा नक्सालमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने,आईपीओ जारी गर्नका लागि सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिको पुनर्गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।