काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश भित्र उत्पादनमूलक उद्योग स्थापना गर्नेगरी घरजग्गा खरिद एवम् दर्ता नवीकरणमा ५० प्रतिशत राजस्व छुट दिने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले यस्तो उद्घोष गरेका हुन् ।

यद्यपि यस्तो राजस्व छुटका लागि व्यवसायी व्यक्ति वा फर्मले काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिका बाहेकका क्षेत्रहरुमा उद्योग स्थापना गर्नुपर्ने छ ।

सहर तथा राजधानी केन्द्रित उद्योग तथा उत्पादनमूलक कलकारखानालाई अन्य जिल्ला तथा पालिकाहरुमा समेत स्थानान्तरण गर्ने उद्धेश्यले प्रदेश सरकारले यस्तो नीति ल्याएको हो ।