काठमाडौँ। साताको दोस्रो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतबारका दिन स्थिर रहेको सुनको मूल्यमा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।  आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८० सय रुपैयाँ कायम भएको छ ।