मुम्बई । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी–सिरीजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।

यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ । एजेन्सीको सहयोगमा