काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ। विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने छ ।
बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अगाडि बढ्नेछ । कम्पनीको विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान १०ः३० बजे बस्ने मिति तय भएको छ ।
सभा प्रयोजनका लागि जेठ २५ गते बुक क्लोज हुने भएकाले जेठ २४ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन्। हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।