काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ
। आगामी आर्थिक वर्ष २०८१- ८२ को बजेट समेत लगानीकर्तामा खुशी भर्न नसकेको देखिएको छ ।
बुधबारका दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ। शेयर बजार घटतापनि सोमबारको तुलनामा कारोबार रकम भने बढेको छ।
तीन सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ५२ रुपैयाँसहित सर्वाधिक कारोबार भएको छ ।
आज फाइनान्स, होटल र उत्पादन उपसूचकमा मात्र सामान्य बृद्धि भएको छ । यी बाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् ।