काठमाडौँ । कुमारी बैंकले आफ्नो संस्थापक सेयर धनीहरूको नाममा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

५ जना संस्थापक सेयर धनीहरूको नाममा रहेको सेयर बैंकका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आज (जेठ १७ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा आवेदन दिनु पर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।