काठमाडौँ । कृषि विकास बैंकले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त नलिएका सेयरधनीहरुलाई उक्त बाकी रकम बुझिलिन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै बैंकले यस्तो जानकारी गराएको हो । बैंकले लाभांश लिन बाँकी सेयर धनीहरूले बैंकको रजिस्ट्रार एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौँमा सम्पर्क गर्न सूचना भनेको छ ।

लाभांश लिन बाँकी सेयर धनीहरूको विवरण सेयर रजिस्ट्रारको वेबसाइटमा हेर्न सकिन्छ ।  यस्तै, बैंकले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयर धनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ ।