काठमाडौं । नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग अर्थसमितिले छलफल गर्ने भएकाे छ । अर्थसमितिले बोर्डका पदाधिकारीहरुलाई छलफलका लागि बोलाएको छ । अर्थ समितिले असार ५ गते बिहान ८ बजे छलफल गर्न बोर्डका पदाधिकारीहरुलाई बोलाएको हो ।
समितिले ‘नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डका पदाधिकारीहरु सँग छलफल’ भनेर कार्यसूचि तय गरेको छ।
अर्थसमिति बैठकमा सांसदहरुले अघिल्लो अर्थसमितिले दिएका सुझाव र मापदण्ड अनुसार नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने माग राखेका थिए ।
अघि बढिसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) वितरणबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ मागेको छ ।
अर्थ समितिअन्तर्गतको उपसमितिले ब्रोकर र स्टक एक्स्चेन्जको लाइसेन्सबार अध्ययन गरेर प्रतिवेदन दिइसकेको छ । त्यसको कार्यान्वयन अवस्था र नयाँ स्टक तथा ब्रोकर लाइसेन्सबारे बोर्डलाई छलफलमा बोलाउने निर्णय भएको बमोजिक बैठकमा बोर्डलाइ बोलाईएको हो ।