काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्सले १६औँ वार्षिकोत्सवको अवसरमा आज बिहान राजधानी काठमाडौँमा भव्य प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौं । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौँको हात्तीसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभात फेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुनधारा, रत्नपार्क, जमल, दरबार मार्ग हुँदै हात्तीसारस्थित केन्द्रीय कार्यालयमा पुगेर समापन भएको छ ।
१६औँ वार्षिकोत्सवको अवसरको पूर्व सन्ध्यामा हिजो सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको कम्पनीले आज बिहानै प्रभात फेरि कार्यक्रम आयोजना गरिएको हो । प्रभात फेरि कार्यक्रममा कम्पनीका सिईओ मनोज कुमार कर्ण, डेपुटी सिईओ कपिल कुमार दाहाल लगायतको सहभागिता रहेको थियो ।
१६औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रभात फेरि कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोज कुमारलाल कर्णले उत्साहित भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।
सिईओ कर्णले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको नम्बर वान कम्पनी बन्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै छिट्टै देशको सबैभन्दा उत्कृष्ट पहिलो नम्बरको कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सिईओ कर्णले तीन वटा कम्पनी मर्जर भई बनेको हिमालयन लाइफ नेपाली बीमा कम्पनीहरूको मर्जरको सफल इतिहास भएको बताउँदै सबै कर्मचारीहरूलाई उत्साह भाव र एकताबद्ध भएर काम गर्न आह्वान गरे ।