काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
सेयरमा जो सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सकिने छ। कम्पनीले उक्त सेयर यसअघि संस्थापक शेयर धनीलाई बिक्रीको लागि खुलाएको थियो।
बैंकले संस्थापक सेयर धनीबाट ३५ दिनभित्र आवेदन नपरेकोले अन्य व्यक्तिलाई सेयर बिक्री गर्न लागेको हो।
सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड बानेश्वरस्थित कानुन विभागमा लिखित आवेदन दिन सकिने बैंकले जनाएको छ ।







