काठमाडौँ । साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार १.९३ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ नेपाल र मिड सोलुको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.६० प्रतिशत र फाइनान्स समूहको २.०८ प्रतिशतले शेयर मूल्य घटेको हो ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १८ करोड ६८ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै १४ करोड ४५ लाख ५१ हजार रुपैयाँ बराबर सहित सिइडिबी हाइड्रोपावर दोस्रो स्थानमा रहेको छ ।
यता पोखरा फाइनान्सको १४ करोड १३ लाख ५२ हजार रुपैयाँ, हिमालयन लघुवित्तको १० करोड २६ लाख ९९ हजार रुपैयाँ कारोबार भएको हो ।








