काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बिशेष छुट दिने भएको छ । बैँकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा बिशेष छुट दिने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले असार महिनामा ब्याज भुक्तानी ५ प्रतिशतसम्म छुट दिने भएको छ ।

असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने जनाएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा जम्मा गरिनेछ ।