काठमाडौं । नेप्सेमा थप तीन कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज नयाँ सारथी लघुवित्त, किसान विकास लघुवित्त र उपकार लघुवित्तको बोनस शेयर सुचीकृत भएको हाे ।
नयाँ सारथी लघुवित्त को १९ प्रतिशत बोनश शेयर बापतको ५ लाख ७६ हजार ४५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएकाे छ ।
त्यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनश शेयर बापत ४० लाख ६७ हजार ४७५ कित्ता शेयर सुचीकृत भएको छ, भने उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनश शेयर बापत ४ लाख ५ हजार २३२ कित्ता शेयर सुचीकृत भएको छ ।