काठमाडौं । शेयर लगानीकर्ता नवराज दाहालले शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरुमा धैयर्ताको अपरिहार्यता अधिक हुने विश्लेषण गरेका छन्। दाहालले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको विचारमा जति धेरै मिलाप ल्याउन सक्यो त्यति नै धेरै नीति निर्माण तहमा समेत सहज हुने बताएका हुन्।

आर्थिक भ्वाईससँगको कुराकानीमा दाहालले शेयर बजारले कस्तो ट्रेण्ड लिन्छ बुलिसमा जान्छ वा वियरीसमा जान्छ ? भन्ने अनुमान गर्ने कुरामा आफ्नो खासै रुची नरहेको बताएका छन् । शेयर बजार प्राविधिक क्षेत्र भएकाले यसको पूर्वानुमान वा विश्लेषणलाई उनले धेरै महत्व नदिने समेत सुनाए । दाहालले हाल शेयर बजार निकै तल आएको भन्ने स्वीकार गरेका छन् । उनले विगतको तुलनामा अहिले डाउन ट्रेण्डमा सेयर बजार देखिएको र आगामी दिनमा पनि यो बजारको उकासिने ठाउँ धेरै रहेकोमा जोड दिए । तर,शेयर बजार आफैमा फलक्चुएट हुने, नेप्सेका सूचकहरु तल–माथि हुने कुराहरु सामान्य हुने पनि बताए ।

बढ्ने बजारमा नचाहिदो ब्रेक लागेका छन्
उनले शेयर बजार पक्कै बढ्ने नै भए पनि त्यसमा नचाहिदो ब्रेक लागेको बताएका छन् । उनले त्यसरी शेयर बजारको ग्रोथलाई रोक्न केही कुराहरु समावेश भएको पनि उनले बताए । दाहालले इनकम ट्याक्स, बाफिया लगायतका कुराहरुले पनि पछिल्लो समय शेयर बजारमा निकै सकस अवस्था सिर्जना गरेको खुलाए ।

शेयर बजारको बारेमा सकारात्मक भन्दा पनि नकारात्मक प्रचार बढी भएकोमा उनले जोड दिए

त्यस्तै,शेयर बजारको बारेमा सकारात्मक भन्दा पनि नकारात्मक प्रचार बढी भएकोमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकले गरेका आन्तरिक निर्णयहरुमा समेत कतिपयले सामाजिक संजालमा आफैले निर्णय गरे जस्ता अभिव्यक्ती दिँदा पनि धेरै लगानीकर्ताहरु मारमा परेको उनको अनुभव छ । त्यसको साथ–साथै आफ्नो वसमा भएको वा आफ्नो सामथ्र्य भन्दा धेरै बोल्दा पनि त्यसले समस्या निम्त्याउने गरेको उनले बताएका छन्।

अझ सानो सानो कुराले पनि प्रभाव पर्ने भएकाले शेयर बजार निकै सेन्सेटिभ रहेको उनको अनुभव छ 

शेयर बजारलाई धेरै कुराहरुले प्रभाव पार्ने उनी बताउँछन् । अझ सानो-सानो कुराले पनि प्रभाव पर्ने भएकाले शेयर बजार निकै सेन्सेटिभ रहेको उनको अनुभव छ । विगत लामो समयबाट नियमनकारी निकाय र सरोकारवालाहरुले शेयर बजारलाई नजिकबाट नियाल्छौं, हेर्छौ, विचार गर्छौ, बाटो खुला गर्छौ भन्ने जस्ता आश्वासनहरु निकै धेरै पटक दिँदै आएको उनले स्मरण गराउँन चाहेका छन् । उच्च तहबाट नै त्यसरी आउँने जवाफ रेडिमेट जवाफ जस्तो भएको बताएका छन्।