काठमाडौैं । सरकारले मंगलबार ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उडाउने भएको छ । केन्द्रीय बैंकमार्फत ट्रेजरी बिल बिक्री गरेर सरकारले उक्त परिमाणको ऋण उठाउने भएको हो ।
यद्यपि, कूल ट्रेजरीमध्ये २३ अर्ब ८६ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँ बराबरको मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार आगामी मंगलबार अर्थात् असार ४ गते बिक्री हुने ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले जेठ २९ गते २३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।