काठमाडौँ। बीमा दाबी सम्बन्धी कागजात पेश गरी तत्काल दाबी भुक्तानी रकम लिन नेको इन्सुरेन्स कम्पनी लिमिटेडले आह्वान गरेको छ।

एक सूचना जारी गर्दै कम्पनीले यस्तो जनाएको हो। कम्पनीले गत वैशाख मसान्तसम्ममा पर्न आएका बीमा दाबी सम्बन्धमा हालसम्म कम्पनी वा दाबी फर्छ्यौट गर्न आवश्यक कागजातहरू पेश नभएको वा कम्पनीको समर्पकमा नआएका बीमितहरुलाई सम्पूर्ण आवश्यक कागजात बुझाउन आग्रह गरेको हो ।

तोकिएको मितिभित्र कागजातहरू प्राप्त नभएमा बीमितका बीमा दाबी फाइलहरू बन्द गरिने कम्पनीले जनाएको छ ।  यस्ता बीमितहरुलाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।