काठमाडौं । विश्वमा विभिन्न किसिमका नयाँ र नौला घटना देख्न तथा सुन्न पाइन्छ । त्यस्तै, अचम्मको किस्सा सुन्न टाढा जानु पर्दैन । नेपाल र भारतको बीमा क्षेत्रलाई नियाल्दा काफी हुन्छ ।

भारतको एक शाखामा रहेको बीमा कम्पनीको शाखा प्रमुख ब्रान्च म्यानेजर नेपालमा देशभरीको नेपाल हेड प्रमुख कार्यकारी अधिकृत सीईओ कहलिन्छन् । यस्तो सुविधा दिँदै आएको कम्पनी अरु कुनै नभएर लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसी नेपाल हो । एलआईसी नेपालमा हाल प्रमुख कार्यकारी अधिकृत सीईओ प्रणय कुमार छन् । यद्यपी यो व्यवस्था उनलाई मात्रै लागू गरिएको भने होइन ।

बीमामा ब्रान्च म्यानेजर र सीईओको पोजिसनमा आकाश जमिनको फरक छ भन्दा फरक नपर्ला । सीईओले कैयौ ब्रान्च म्यानेजरहरुलाई एकसाथ सफल नेत्तृत्व गर्नुपर्छ । त्यस्तै, नेपाल र भारतको आधारमा हेर्ने हो भने बीमाका अधिकांश प्राक्टिसहरुमा समानता पाइन्छ । भारतको बीमाशुल्क प्रिमियम नेपालमा पनि बीमाशुल्क नै हुन्छ ।

भारतको सरेण्डर नेपालमा पनि सरेण्डर नै हुन्छ, त्यस्तै उताको बोनस यता पनि बोनस नै हुन्छ । अझ भनौ भारतमा नै रहेका एक्चुरी बीमांकीहरुले नेपाली बीमा क्षेत्रको ओभर अल मूल्यांकन गर्दै आएका छन् । तर, यसरी अन्य विषय जे जस्तो भए पनि एउटा अचम्म लाग्दो कुरा यही हो भारतमा रहेको ब्रान्च म्यानेजरले एकै पटक नेपालको सीईओको अवसर पाउँछन् । त्यस्तो सुविधा दिँदै आएको एलआईसी नेपाल नेपालमा अपरिचित कम्पनी भने होइन । उसले नेपाला बीमा क्षेत्रको लामो इतिहास बोकेको र बीमाको बजार बिस्तारमा ओझपूर्ण योगदान पुर्याएको दाबी गर्दै आएको छ ।

नेपाल र भारत रोटीबेटीको सम्बन्ध
हुन त छिमेकी राष्ट्र भएकाले पनि नेपाल र भारतको रोटीबेटीको सम्बन्ध भन्ने गरिन्छ । यसो भन्नुको पछाडी नेपालको रोटी भारतमा लगेर खाइन्छ जहाँ तराई अन्न भण्डार छ र अर्को भनेको उताका छोरीबेटीहरुको विवाह नेपालमा हुने गर्छ भन्ने अर्थ पनि लाग्छ । तर, यसमा अझ खास कुरा के छ भने अरु जे जस्तो भए पनि भारतले पठाउदा एउटा शाखा प्रमुख पठाउँछ नेपालले सीईओको उपाधि दिन्छ । फेरी नेपालमा रहेको ठूलो कम्पनीको सीईओ सीमा नाघेर पारि पुग्दा सोही पोजिसनमा गनिदैनन् ।

यसले के दर्शाउछ भने एउटा कोणबाट हेर्दा ब्रान्च म्यानेजर भनेका सीईओका दाबेदार हुन्न भन्ने देखाउँछ । अर्को कोणबाट हेर्दा सीईओको हैसियत पनि सामान्य ब्रान्च म्यानेजर त होनी भने जस्तो कता कता झल्किन्छ । तर, यस्तो परिदृश्य अरु नेपाली बीमा कम्पनीमा नभई एलआईसी नेपालमा देख्न सकिन्छ ।

यसले नेपाली बीमा क्षेत्रले दक्षिण एशियामै अधिकांश कुरामा टप कहलिएका छौं भनेर छाती पिटे पनि भारतको ब्रान्च म्यानेजर नेपाली ठूलो कहलिएको बीमा कम्पनीको मुख्य नेत्तृत्व गर्ने सीईओ हुन् भन्ने हैसियत पनि कुनै कुनै कालखण्डमा सम्झिन लायकको कुरा बन्न सक्छ ।