काठमाडौं । कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता भएको छ । कामना सेवा विकास बैंकका ग्राहकले ट्रानक्विलिटी स्पामा छुट पाउने भएका छन् ।

आज बैंकले छुट सम्वन्धि सम्झौता गरेको हो ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज , थेरापी तथा सलुन सेवाहरुमा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई ५० प्रतिशत सम्मको छुटको समेत व्यवस्था रहेकोे बैंकले उल्लेख गरेको छ ।