काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो ।
माछापुच्छ्रे बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
मुद्दति निक्षेपमा संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।