काठमाडौँ। असार महिनाका लागि एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ। बैंकले जेठ महिनामा ७.८०० रहेको कायम गरेको थियो ।

बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत,१ वर्षका लागि ७ प्रतिशत,१ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत ५ वर्ष र सोभन्दा माथिका लागि ७।६९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । जेठ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असार महिनाका लागि भने अधिकतम ६.६९ प्रतिशत प्रदान गर्ने भएको छ ।

संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ५.३५ प्रतिशत, १ वर्षका लागि ५.९० प्रतिशत,१ वर्षमाथि देखि ५ वर्ष मुनिसम्म ६ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको बैंकले सार्वजनिक गरेको वितरणमा उल्लेख छ ।