काठमाडौं । नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा सम्पन्न भएको छ । धादिङ स्थित धादिङ क्रिक रिसोर्टमा सभा सम्पन्न गरेको हो ।

सभामा मर्जर समबन्धि संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यस्तै डिडिए प्रतिवेदन तथा स्वाप रेसियो विवरण पारित गरेको छ ।

त्यस्तै सभाले हालसम्म मर्जरको लागि भए गरेकाकार्यहरुको अनुमोदन गर्ने, मर्जरको लागि बाँकि काम गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर हुने गरि मर्जरको लागि स्वाप रेसियो तय भएको छ ।

मर्जरपछि बन्ने कम्पनीको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ ।