काठमाडौं । सरकारले आज असार ३ गते सोमबारका दिन सार्वजनिक विदा दिएको छ।

२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

सोही पर्वका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा अडिएको छ।