काठमाडौं। होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

उक्त हकप्रद शेयर जारी गर्न कम्पनीले असार १९ गते विशेष साधारणसभा गर्ने भएको छ। कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहानको १० बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजी नौ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता शेयर बराबर १३.५ कित्ताका दरले हकपद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी बड्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र संचालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्ने कार्यसूचि रहेको छ ।