काठमाडौं। नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरुलाई ब्याज छुट दिने भएको छ।

बैंकबाट कर्जा उपभोग गरि बि.सं.२०७५ साल चैत्र मसान्त अगाडि खराव वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रु ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको बैंकले बताएको छ ।

साथै २०७६ साल बैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरुले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने विशेष व्यवस्था गरिएको पनि बैंकले जानकारी दिएको छ ।