काठमाडौँ । आइतबार साँझ चट्याङ लागेर पाल्पामा एक जना वृद्धको मृत्यु भएको छ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँ बस्ने ५६ वर्षीय विमलप्रसाद पन्थको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार आइतबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा पन्थलाई चट्याङ लागेको थियो । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।