काठमाडौँ । घरजग्गाको कारोबार २२.८५ प्रतिशतले बढेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार एक सय ६१ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ।

यो सङ्ख्या वैशाख महिनाको तुलनामा २२.८५ प्रतिशतले बढी हो । वैशाखमा ४९ हजार सात सय ८२ सङ्ख्यामा घरजग्गा किनबेच भएको थियो। मौद्रिक नीति समीक्षा पश्चात् घरजग्गाको कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउनका लागि चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको थियो ।

त्यसमा परिमार्जन गर्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत कर चुक्ता प्रमाणपत्रको आधारमा घरजग्गा खरिदका लागि सबै कर्जामा कर्जा आम्दानी अनुपात बढाएर ७० प्रतिशत पु¥याएको छ । उक्त व्यवस्थासँगै घरजग्गा कारोबार गर्नेहरूले आफ्नो आम्दानीको ७० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाएका छन् ।

विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो । वैशाखमा देशभर ४९ हजार सात सय ८२ सङ्ख्यामा घरजग्गा किनबेच भएको थियो।

यो कारोबार गत वर्ष जेठको तुलनामा पनि ११ प्रतिशतले बढी हो । गत जेठमा देशभर ५५ हजार सङ्ख्यामा घरजग्गा किनबेच भएको थियो । घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ । जेठमा घरजग्गा कारोबारबाट सरकारलाई ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ। वैशाखको तुलनामा ४७ करोड ५४ लाख बढी राजस्व संकलन भएको हो । यो वैशाखको तुलनामा १२.३० प्रतिशतले बढी हो । वैशाखमा घरजग्गा कारोबार बापत ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पु¥याइएको छ । यस्तै रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ । यस्तै राष्ट्र बैंकले धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा ९लोन टु भ्यालु रेसियो० पनि उपत्यकाभित्र ३० प्रतिशतसम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरेको छ ।

इनरुवाबाट सबैभन्दा धेरै लिखत पारित

जेठमा सबैभन्दा धेरै लिखत पारित भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ । उक्त मालपोतबाट जेठमा २ हजार ३७६ लिखत पारित भएको विभागले जनाएको छ । यस्तै इनरुवापछि सबैभन्दा धेरै लिखत पारित हुने मालपोत कार्यालय धनुषा, जनकपुरधाम हो । जनकपुरधाम मालपोत कार्यालयबाट २ हजार ३४८ लिखत पारित भएको छ । यस्तै, झापाको भद्रपुर मालपोत कार्यालयबाट १ हजार ९८१, मोरङको बेलबारी मालपोत कार्यालयमा १ हजार ९५८ लिखत पारित भएको छ ।

यस्तै, भूमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीबाट १ हजार ७२९ वटा लिखत पारित भएको भने सर्लाहीको मलंगवा मालापोतबाट १ हजार ५७८, पर्सा मालपोत कार्यालयबाट १ हजार ५५४ वटा, महोत्तरीको जलेश्वर मालपोत कार्यालयबाट १ हजार ५०८ वटा लिखत पारित भएको छ ।

यसैगरी बाराको कलैया मालपोतबाट १ हजार ३७० लिखत पारित हुँदा कैलालीको धनगढी मालपोतबाट १ हजार ३३५ लिखत पारित भएको छ भने भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तुबाट १ हवार ३१३ लिखत पारित भएको छ । यसैगरी, मालपोत कार्यालयहरू काभ्रेपलान्चोक, झापाको दमक, दाङको तुलसीपुर, ललितपुरको लगनखेल, बाँकेको नेपालगन्ज, रुपन्देही, सिराहाको लहान, भक्तपुर विराटनगरको मोरङबाट १००० बढी लिखत पारित भएका छन् ।

लगनखेल मालपोतबाट सबैभन्दा धेरै राजस्व संकलन

जेठमा कुल ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जेठमा सबैभन्दा धेरै राजस्व ललितपुरको लगनखेल मालपोतबाट संकलन भएको छ । लगनखेल मालपोतबाट ४० करोड ४९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

भक्तपुर मालपोत कार्यालयबाट ३० करोड ६३ लाख २६ हजार राजश्व उठेको हो । यस्तै, काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयबाट २७ करोड २३ लाख २२ हजार संकलन हुँदा काठमाडौँको चाबहिल मालपोत कार्यालयबाट २६ करोड ६० लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।