काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार नेप्सेमा ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले दोश्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम ९७ रूपैयाँ २९ पैसादेखि अधिकतम २ सय ९१ रूपैयाँ ८७ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।

कम्पनीको शेयरलाई नेप्सेले (आईएचएल) कारोबार संकेत प्रदान गरेको छ ।